जेनजी आन्दोलनपछि बन्द सिनेमा हलहरू आज सोमबारबाट खुल्ने
जेनजी आन्दोलनपछि बन्द सिनेमा हलहरू आज सोमबारबाट खुल्ने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण ६ दिनदेखि बन्द रहेका देशभरका सिनेमा हलहरू आज सोमबारबाट खुल्ने भएका छन् । आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले सुरक्षा सतर्कता अपनाउँदै हल खोल्ने निर्णय गरेको हो । गत सोमबार जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि संघले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेको थियो । चलचित्र संघका अनुसार आन्दोलनको क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको विराटनगरको क्यूएफएक्स हलबाहेक अरु हलहरू सोमबारबाट सञ्चालनमा आउनेछन् । विराटनगरको क्यूएफएक्स हल जलेर पूर्ण रूपमा ध्वस्त भएको छ, जुन १५ करोडको लागतमा बनेको थियो
















