जेपी पोस्टले खरिद गरेका
जेपी पोस्टले खरिद गरेका २ हजार ५ सय डेलिभरी सवारीसाधन बिक्री गर्ने
Lokmani Rijal
देश पोष्ट /जापान । जापान पोस्ट कम्पनीको सवारी सञ्चालन अनुमति अन्तिम रूपमा रद्द गरिएपछी कम्पनीले खरिद गरेको २ हजार ५ सय डेलिभरी ट्रक र भ्यानहरू बिक्री गर्ने योजना रहेको बुझिएकोे जापानी संचार माध्यमहरुले जनाएकाछन् । सवारीसाधनहरू ५ वर्षसम्म डेलिभरी व्यवसायमा प्रयोग गर्न नपाइने अवस्था आउने भएकाले, ती गाडीहरूको मर्मत– सम्भार खर्च बचाउने उद्देश्यले कम्पनीले यस्तो कदम चाल्न लागेको बताइएको छ । जापानको भूमी, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले यस महिनाभित्र कम्पनीसँग सुनुवाइ गर्ने तयारी गरिरहेको छ । अप्रिलमा जापान पोस्टले सार्वजनिक गरेको विवरण अनुसार, देशभरिका ३ हजार १ सय ८८
















