जोरपाटी माध्यमिक विद्यालय
जोरपाटी मा.वि. सुर्यविनायकको ६५ औं बार्षिकउत्सव भब्यताका साथ सम्पन्न ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । जोरपाटी माध्यमिक विद्यालय सुर्यविनायकको ६५ औँ वार्षिकोत्सव, अभिभावक दिवस, शिक्षक तथा विद्यार्थी सम्मान एवम् सांस्कृतिक कार्यक्रम २०८१ भब्य रुपमा सम्पन्न भएको छ । शुक्रबार आयोजित ६५ औं बार्षिक उत्सव कार्यक्रममा सुर्यविनायक १० का वडाध्यक्ष एबं विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शिवराम राउतको सभापतित्व एबं सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम उद्एघाटन भएको हो । सुर्यबिनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भगवान् खत्री, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर कटुवाल लगायत सुर्यबिनायक नगर क्षेत्रका अन्य विद्यालयका प्र.अ. तथा शिक्षकहरुको उपस्थीतीमा कार्यक्रम सञ्चालन भएको थियो
















