झापाका स्थानीय तह
झापाका स्थानीय तहको बैंक खाता सञ्चालन नहुँदा विकास निर्माणमा बाधा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नयाँ आर्थिकवर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माण लगायत काम ठप्प भएका छन् । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् । कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले भन्नुभयो, “नीति कार्यक्रम र बजेट गाउँ/नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने
















