(टेरामक्स) काण्डमा
(टेरामक्स) काण्डमा पूर्वमन्त्री बस्नेत २५ लाख धरौटीमा छुटे
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । (टेरामक्स) काण्डमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बस्नेत २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । हिजो विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई अदालतले धरौटी माग गरेको हो । गएको जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परेका बस्नेतसँग तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२
















