टोकियोमा रेल सेवा
टोकियोमा यामानोते र केइहिन–तोहोकु रेल सेवा आज र भोली आंशिक रूपमा बन्द
Lokmani Rijal
देश पोष्ट /जापान । टोकियोको व्यस्त यामानोते र केइहिन–तोहोकु रेल सेवा आंशिक रूपमा पूर्वी जापान रेलवे -JR East ले बन्द गर्ने भएको छ । हानेदा एयरपोर्टसम्मको नयाँ पहुँच लाइन निर्माणको कामका क्रममा ट्र्याक स्विच गर्ने कार्य सम्पन्न गर्नका लागि आंशिक रुपमा बन्द गर्न लागिएको जानकारी प्राप्त भएको छ । शनिबार दिनभरि र आइतबार बिहान करिब मध्याह्नसम्म यामानोते लाइनको सोतो मावारी(बाह्य पथ) र केइहिन–तोहोकु लाइनको केही खण्डमा रेल सेवा पूर्ण रूपमा रोकिनेछ । शनिबार यामानोते लाइनको सोतो मावारीमा पर्ने उएनो, टोकियो र ओसाकी स्टेशनहरू बीच कुनै रेल सञ्चालन हुने छैन भने
















