टोकियो महानगर सभाको निर्वाचन प्रचार सुरु भएसँगै सुरक्षा व्यवस्था कडा
टोकियो महानगर सभाको निर्वाचन प्रचार सुरु भएसँगै सुरक्षा व्यवस्था कडा
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको राजधानी टोकियो महानगर सभाको निर्वाचन प्रचार शुरु भएसंगै सुरक्षा व्यवस्था कडा पारिएको छ । गत शुक्रवारदेखि निर्वाचनको प्रचार प्रसारको काम थालिएकोले पछिल्ला केही वर्षमा चर्चित राजनीतिज्ञहरूलाई लक्षित गरेर भएका आक्रमणहरूको घटनालाई मध्यनजर गर्दै राजधानी टोकियोको प्रहरीले सम्भावित ‘एकल आक्रमण’ रोक्न विशेष सुरक्षा कदमहरू चालेको जनाएको छ । यो निर्वाचनलाई यसै वर्षको गर्मीयाममा हुने राष्ट्रिय प्रतिनिधिसभा निर्वाचनको संकेतको रूपमा हेरिएको छ, जहाँ सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले चुनौति भोग्ने अपेक्षा गरिएको छ।“हामी संस्थाको सम्पूर्ण शक्ति परिचालन गर्दैछौं। हामीले कुनै पनि ‘अनपेक्षित अवस्था’ उत्पन्न हुने परिस्थिति सिर्जना गर्न
















