ट्राफिक जाँच
ट्राफिक जाँच लापरबाही पूर्वक गरेकाले गठ्ठाघर दुर्घटना भएको स्थानियको आरोप ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । भक्तपुरको गठ्ठाघरमा हिजो भएको सडक दुर्घटना ट्राफिक जाँच लापरबाहीको कारण भएको स्थानीयले आरोप लगाएकाछन् । ट्राफिक प्रहरीले असुरक्षित तवरले ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमितर्फ गुडिरहेको ट्रकले ठक्कर दिएपछी स्कुटर चालक ट्रकको टायर मुनी पुगी किचिएको थियो । दुर्घटनापछि हिजो झण्डै पाँच घण्टासम्म भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो । दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला भनिएको थिायो, तर महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले ज्यान गुमाउने महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ । भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा
















