ताईफु १५ को असर
जापानभर भारी वर्षा, ताईफु १५ को असर
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको इवाते, कोची, आईची, आकिता, गिफु लगायतका प्रिफेक्चरमा मुसलधारे वर्षा भईरहेको कारण ताईफु १५ को प्रभाव जापानभर फैलिएको जानकारी प्राप्त भएको छ । मौसम विज्ञान एजेन्सीका अनुसार, तीव्र वर्षा र हावाहुरीका कारण नदीमा पानीको सतह बढ्दै गएको, भूस्खलनको जोखिम बढेको र सहरका कतिपय स्थानमा पानी जम्न थालेको छ। यसले दैनिक जीवनमा कठिनाई ल्याउने देखिएको छ । आज कतिपय क्षेत्रमा रेल सेवा र हवाई उडान समेत प्रभावित हुनसक्ने चेतावनी दिइएको छ । मौसमविद्हरूले बाढी, भूस्खलन र हावाहुरीबाट जोगिन उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् । ताईफु १५
















