ताईफु ९
ताईफु ९ जापानको कान्तो क्षेत्रमा २ तारिखसम्म देखापर्ने सचेत रहन आग्रह
Lokmani Rijal
देश पोष्ट /जापान । ताईफु ९ आज अगस्ट १ तारिक इजु आईल्यान्ड नजिक पुग्ने र २ तारिख बिहानदेखि यो कान्तो क्षेत्र नजिकिँदै भीषण वर्षा र शक्तिशाली हावासहित असर गर्ने जापानको मौसम विभागल अनुमान गरेको छ । मौसम विभागका अनुसार उच्च छाल, भारी वर्षा, पहिरो र डुबानको जोखिम हुने भएकाले उक्त जोखिमबाट सतर्क रहन विशेष आग्रह गरेको छ । आज १ तारिख बिहान ६ बजे ताईफु हाचिजोजिमाको दक्षिणपूर्व करिब २२० किलोमिटर टाढा समुद्रमा सक्रिय थियो । यो उत्तर–उत्तरपश्चिमतिर प्रतिघण्टा १५ किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यो ताइफुको केन्द्रीय हावाको दबाव
















