ताप्लेजुङमा पहिरो
ताप्लेजुङमा पहिरोमा परी गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गएराती पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुको भनाई रहेको छ । गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाउदा दुर्घटना भएकाे हाे
















