तीनकुने घटनामा संलग्न
तीनकुने घटनामा संलग्न सेढाई पक्राउ
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । गत चैत १५ गते भएको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा राज संस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार ७२ वर्षीय खेमराज सेढाई रहेका छन् । सेढाई नुवाकोट लिखु गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका ७ बस्दै आएका थिए । उनी गत चैत १५ गते तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा सलंग्न रहेको परिसरका सूचना अधिकारी अपीलराज बोहोराले जानकारी दिएकाछन् । तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आयोजना गरेको प्रदर्शनका क्रममा
















