त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोली इरानसँग ३ गोलले पराजित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा भएको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोली इरानसँग ३ गोलले पराजित भएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर इरानले दोस्रो हाफमा ३ गोल गर्यो । इरानका सारा दिदारले ४९औं मिनेटमा, कप्तान जाहरा घानबारीले ५२औं मिनेटमा र सबनम बिहिसेतले ५७औं मिनेटमा गोल गरे । यसअघि भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३–० ले हराएको थियो । प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २ गोलले हराएको थियो । नेपालले दोस्रो खेल १० गते भारतसँग खेल्नेछ ।
















