थाइल्याण्डका पूर्वप्रधानमन्त्री
थाइल्याण्डका पूर्वप्रधानमन्त्रीलाई आममाफी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिइएको छ । थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक रहेका समाचारसंस्था एएफपीले जनाएको छ । थाक्सिन १५ वर्षको निर्वासनपछि झन्डै एक वर्षअघि स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्कनसाथ उहाँलाई थाई अदालतले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाएको थियो । अहिले राजाले सिनावात्राको आचारणमा सुधार भएको भन्दै आममाफी दिनुभएको हो । सिनावात्रालाई आममाफी दिनु एक दिन अघि मात्रै थाई संसदले थाक्सिनकी ३७ वर्षीया छोरी पेतोङतार्न
















