दिक्तेलमा कालिका महिला समूहद्धारा नेतृत्व विकास तालिम सम्पन्न
दिक्तेलमा कालिका महिला समूहद्धारा नेतृत्व विकास तालिम सम्पन्न
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको सदरमुकाम दिक्तेलमा कालिका महिला समूहद्धारा संस्था ब्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा गैरसरकारी संस्था महासङ्घ खोटाङका अध्यक्ष युवराज रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख इरन राई एबं महिला समूहकी अध्यक्ष गीता थापा (बस्नेत)ले सहजिकरण गर्ने गरी समूहले तीन दिने तालिमको आयोजना गरेको जनाएको छ । दिक्तेलस्थित थ्री ब्रदर्श होटलमा आयोजित तालिममा ३२ जना महिला सहभागी रहेको आयोजकले जानकारी दिएको छ । तालिममा महिलाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा प्राविधिक समस्याको पहिचान र समाधान
















