दिप्रुङ चुइचुम्मा
दिप्रुङ चुइचुम्माद्धारा सार्वजनिक खरिद नियमावलि बिपरित मल ढुवानी,शैक्षिक सामग्री खरिदमा अनियमित
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सार्वजनिक खरिद नियमावलि बिपरित मल ढुवानी, तथा शैक्षिक सामग्री खरिदमा अनियमित गरेको महालेखा परिक्षण प्रतिबेदनमा उल्लेख गरिएको छ । सार्वजिनक खरिद नियमावली, २०६४ को नियम ८५(४) मा सार्वजिनक निकायले १ लाख भदा बढी रकमको सोझै खरिद गर्दा मौजुदा सूचीमा रहेका कम्तिमा तीन वटा आपूितकर्ता ,निर्माण ब्यवसायी, परामर्शदाता वा सेवा प्रदायकबाट लिखित रुपमा दरभाउपत्र वा प्रस्ताव माग गरी गनुपर्ने तथा नियम ११७ मा सार्वजिनक निकायले सम्पन्न भएको निर्माण कार्य, आपूिर्त गरिएको मालसामान वा प्रदान गरिएको सेवा स्वीर्कादा कार्यसम्पन्न प्रतिवेदन तयार गनुपर्ने ब्यवस्था छ
















