दिप्रुङ चुईचुम्मा
दिप्रुङ चुईचुम्माको १५ औं गाउँसभामार्फत ५० करोड ७७ लाख ६३ हजार बजेट प्रस्तुत
Lokmani Rijal
देश पोष्ट /खोटाङ । दिप्रुङ चुईचुम्माको १५ औं गाउँसभामार्फत ५० करोड ७७ लाख ६३ हजार बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित हाम्रो परिकल्पना :समृद्ध दिप्रुङ चुईचुम्मा भन्ने नाराका साथ सम्पन्न १५ औं गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष अरुणा थापामगरले ले ५० करोड ७७ लाख ६३ हजारको बजेट तथा कार्यक्रम पेस गर्नु भएको हो । गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले आगामी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । उक्त नीति तथा कार्यक्रमको आधारमा अनुमानित बजेट बनाइएको उपाध्यक्ष थापा मगरले जनाउनु भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बसाइसराइँ
















