दूध डेरी
हलेसीमा नगरपालिकाको स्वामित्वमा दूध डेरी सञ्चालन
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले किसानको दूग्ध उत्पादनलाई ब्यवस्थीत बजारीकरण गर्नका लागि नगरपालिकाको स्वामित्व रहने गरी दुध डेरी सञ्चालनमा ल्याएको छ । नगरपालिकाको स्वामित्वमा रहनेगरी निजी उद्यमी संस्थालाई डेरी सञ्चालन गर्न दिनेगरी शुक्रबारबाट सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाको मेयर बिमला राईले जानकारी दिनु भएको छ । वडा नम्बर ७ महादेवस्थान वडा कार्यालयको एउटा सटर मासिक ८ हजार भाडामा लिएर निजी संस्थाले डेरी सुरु गरेको हो । डेरी व्यवस्थापनमा नगरपालिकाको लगानी रहेको नगरप्रमुख विमला राईको भनाई रहेको छ । टेण्डरमार्फत डेरी सञ्चालनको जिम्मा लिएका स्थानीय व्यवसायि एगिन्द्र राईले
















