देउमान
देउमान केरुङको सहयोगार्थ राष्ट्रिय नाचघरमा सांगितिक कार्यक्रम हुँदै
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । विगत डेढ वर्ष देखी फोक्सोका क्यान्सरबाट पीडित कलाकार एवं संगित व्यवसायी देउमान केरुङको सहयोगार्थ काठमाण्डौंको राष्ट्रिय नाच घरमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । २०७८ बैशाख २५ गते हुने उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ५० भन्दा बढि कलाकारहरुले प्रस्तुती दिने छन् । जुनतारा सांस्कृतिक सेवा समाजको आयोजनामा हुन लागेको उक्त कार्यक्रम विशुद्व सहयोग संकलनका लागि गर्न लागिएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक हाँस्यकलाकार गणेश ईशाराले बताए । पाँचथर फालेलुङ गाउँपालिका–३, एकतीन जोरपाटीमा जन्मिएका देउमान केरुङ विगत डेढ बर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित छन् । यस अघि करिब २०
















