देशका २३ जिल्लामा मुसलधारे पानी पर्ने सतर्कता अपनाउन आग्रह
देशका २३ जिल्लामा मुसलधारे पानी पर्ने सतर्कता अपनाउन आग्रह
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । देशभर मनसुन सक्रिय भएको कारण आजपनि देशका २३ जिल्लामा मुसलधारे पानी पर्ने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ । गएराति ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका २३ जिल्लामा
















