दैलेख र खोटाङमा
गतराती दैलेख र खोटाङमा मध्यम वर्षा ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दैलेखमा ५० दशमलव ५ मिलिमिटर पानी परेको छ । खोटाङको ऐसेलुखर्कमा ३९ दशमलव ७ मिलिमिटर, पानी परेको छ । काठमाण्डौको कपन र बबरमहल क्षेत्रमा पनि मध्यम वर्षा भएको छ । यस्तै ललितपुरको गोदावरी क्षेत्रमा पनि मध्यम वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अबको केही दिन राति ठूलो पानी पर्न सक्ने भएकाले विभिन्न क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन भनेको
















