नरेन्द्र मोदीलाई तेस्रो कार्यकाल
एनडीएले भाजपाको नेता नरेन्द्र मोदीलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनाउने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । भारतमा भएको लोकसभाको निर्वाचनमा भाजपाले चुनावमा दुई सय ४० सीट जितेको छ र आफ्ना सहयोगी दलसँग मिलेर बहुमतको अङ्क कटाएको छ । यसै क्रममा भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेर तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बनाउने निर्णय लिएको छ । भारतीय जनता पार्टीको प्रस्तावमा फेरि एकपटक नरेन्द्र मोदीलाई एनडीएको नेता चयन गरेको बीबीसी हिन्दीले जनाएको छ । भाजपा नेता मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने गरी सरकार गठनको गृहकार्य
















