नर्वेले इराकलाई ४–१ गोलले पराजित
नर्वेले इराकलाई ४–१ गोलले पराजित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । फिफा बिश्वकप २०२६ अन्तर्गत अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे । हाल्याण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ४३औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रतामा पु¥याए । ७६औं मिनेटमा नर्वेका लियोले हेडमार्फत गोल गर्दै
















