नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लाईन तिन मन्त्रीको टुंगो
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लाईन तिन मन्त्रीको टुंगो
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री परिषद बिस्तारको काम थालेकी छिन् । हिजै तिन मन्त्रीको टुंगो लगाएकी हुन् । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने,अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लगाएकी हुन् । अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन् । उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन् । सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा
















