नागढुङ्गा सुरुङमार्ग
नागढुङ्गा सुरुङमार्गको ९० प्रतिशत काम सकियो, सुरुङमार्ग प्रयोग गर्न गाडीले निश्चित शुल्क तिर्नुपर्ने ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । काठमाण्डौ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भएको बुझिएको छ । ६ वर्षअघि शुरू भएको यो परियोजनामा अहिले निर्माणको ९० प्रतिशत भौतिक काम सकिएकाले अबको ६ महिनामा सञ्चालन गर्न सकिने निर्माण पक्षले जनाएको छ । जापानी प्रविधिमा निर्माण भइरहेको यो सुरुङ नेपालकै पहिलो पूर्ण प्रविधियुक्त सुरुङभित्र हाल विभिन्न प्रविधिहरू जडानको काम भएरहेको छ । सुरुङमार्गको लम्बाइ झन्डै साढे दुई किलोमिटर अर्थात् दुई हजार ६ सय ८८ मिटर छ भने ३० मिटरको समानान्तर दूरीमा निर्माण गरिएको सहायक सुरुङको लम्बाइ दुई हजार पाँच सय ५७
















