नागरिकलाई ‘बायो स्याण्ड फिल्टर’ वितरण
हलेसी तुवाचुङ नगरपालिकाद्धारा नागरिकलाई ‘बायो स्याण्ड फिल्टर’ वितरण
Lokmani Rijal
देश पोष्ट /खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले २६ घर नागरिकलाई प्रशोधन गरिएको शुद्ध पानी पिउनका लागि ‘बायो स्याण्ड फिल्टर’ वितरण गरेको छ । नगरपालिकाको सुख्खाग्रस्त क्षेत्र वडा नं. –३ च्यास्मिटारस्थित पिपचाही गाँउका नागरिकलाई पानी शुद्धीकरणको लागि ‘बायो स्याण्ड फिल्टर’ प्रदान गरिएको नगरपालिकाले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा पिपचाहीमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्नेगरी बायो स्याण्ड फिल्टर निःशुल्क वितरण गरिएको च्यास्मिटारका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिनुभएको छ । पिपचाही गाउँभन्दा करिब ८०० मिटर टाढा पर्ने धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी
















