नारायणी अस्पताल
३० करोडको एमआरआई मेशिन अलपत्र अवस्थामा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । वीरगंजस्थित नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेशिन ५ महिना देखी जडान नगरिदिंदा मेशिन अलपत्र पर्नुको साथै बिरामीले सास्ती खेप्नु परेको छ । लुम्बिनी हेल्थ केयर प्रालिले ठेक्का हासिल गरी आपूर्ति गरेको एमआरआई मेसिन जडान र सुचारु नगरिदिंदा उक्त समस्या सिर्जना भएको हो । झण्डै ३० करोड मूल्य बराबरको एमआरआई मेशिन जडान गर्न अस्पतालबाट लुम्बिनी हेल्थ केयर प्रालिले २४ करोड ६ लाख ४६ हजार रुपैयाँ भुक्तानी लिइसकेर पनि सम्झौता अनुसार पाँच महिनादेखि उक्त मेशिन जडान गरिएको छैन । एमआरआई मेशिन संचालनमा नआउँदा अस्पतालले मासिक १० देखि १२
















