निर्वाचन
प्रतिनिधि सभा निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च
Lokmani Rijal
देश पोष्ट/काठमाण्डौ । नेपाल सरकारले घोषणा गरेको आउँदो कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचनका लागि सात अर्ब ७२ करोड खर्च उपलव्ध गराउने भएको छ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगलाई यो बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि यो रकम चुनाव सामग्रीलगायत अन्य सामग्री खरिद तथा चुनाव व्यवस्थापनमा खर्च हुनेगरि व्यबस्थापन भएको हो । चुनावका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ
















