निवर्तमान गभर्नर विरुद्धको रिटमा कारण देखाऊ आदेश
निवर्तमान गभर्नर विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निवर्तमान गभर्नर विरुद्ध सर्वोच्चमा परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । गभर्नर सिफारिशका लागि गठित समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो । हिजो भएको सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले आउँदो जेठ ४ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । अधिकारीको नियुक्ति गैरकानूनी रहेको भन्दै अधिवक्ता नवीन धितालले अन्तरिम आदेश माग्दै रिट दायर गर्नुभएको हो । रिटमा अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारीलाई नियुक्ति गर्नु गैरकानूनी रहेको
















