निसान मोटरले
निसान मोटरले विश्वभरबाट १५ प्रतिशत कामदार निकाल्ने
Lokmani Rijal
देश पोष्ट /जापान । निशान मोर्टसको विश्वव्यापी बिक्रीमा आएको गिरावटका कारण कम्पनीले विश्वभरबाट १५ प्रतिशत कामदार निकाल्ने योजना अघि सारेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । कम्पनीको कुल कम्पनीको जनशक्ति हाल १ लाख ३३ हजार ५८० रहेको छ यसको १५ प्रतिशत भनेको २० हजार कामदार बराबर हो । गत शरद ऋतुतिर कम्पनीले ९ हजार कर्मचारी घटाउने घोषणा गरेको भए पनि अब थप १० हजारभन्दा बढी रोजगारी कटौती गर्ने योजना बनाइएको छ । निसानले हालसम्म चालेका पुनर्संरचनात्मक उपायहरू अपुग भएको ठानेको र थप उपायहरू चाँडै ल्याउने तयारीमा जुटेको हो।
















