नेकपा एसको पदाधिकारी
को को भए नेकपा एसको पदाधिकारी हेर्नुहोस् ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेकपा एकिकृत समाजवादीको गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दसौं महाधिवेशनबाट अध्यक्ष,सम्मानित नेता र महासचिब बाहेक पदाधिकारीको टुंगो नलागेपछी हिजो भएको निर्वाचनले पदाधिकारी टुंगो लगाएको छ । निर्वाचित हुनेहरुमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पछी पार्दै जयन्ती राई निर्वाचित भएकी छन् । त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन् । साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए । निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन्। ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन्
















