नेकपा माओवादी केन्द्र
प्रचण्ड संग सुदूरपश्चिमका नेताहरूको असन्तुष्टी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बुधवारदेखि धनगढीमा सुरु भएको नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश परामर्श समिति बैठकमा प्रदेश संसदीय दलको नेतासम्बन्धी विवादको बिषयमा प्रचण्ड संग अधिकांश सुदूरपश्चिमका नेताहरुले असन्तुष्टी जनाएकाछन् । बैठकमा दलभित्रको विवादमा नेतृत्वले हस्तक्षेप गरेकोमा अधिकांश नेताहरूले तीव्र असन्तुष्टि पोखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । आज सम्म चल्ने परामर्श समिति बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माण र विचारको विकाससम्बन्धी पुरानै कुरा दोहो¥याएका थिए । प्रचण्डले आफ्नो धारणा राखेपछि सुदूरपश्चिममा कार्यरत केन्द्रीय सदस्यहरूले प्रचण्डको भुमिकाको बिषयमा असन्तुष्टी जनाएका हुन् । गतवर्ष माघ १२ गते बहुमत सांसदले खगराज
















