नेपाली नायिका
यस्तो छ नेपाली नायिकाहरुको पारिश्रमिक
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । नेपाली फिल्म, संगीतप्रति दर्शकस्रोताको बढ्दो आकर्षणसँगै यस क्षेत्रमै करिअर बनाउने नवयुवायुवती पनि बग्रेल्ती छन् । फिल्म अभिनय, म्युजिक भिडियो, टेलिविज्ञापन मात्र होइन, स्वदेशविदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि कलाकारको माग बढ्दो छ । जसबाट कलाकर्मीले बग्रेल्ती आम्दानी गर्ने गर्दछन् । सांस्कृतिक कार्यक्रममा पुरुष कलाकारभन्दा महिला कलाकारको बढी माग हुने र आम्दानी पनि सोही मात्रामा हुने गरेको देखिन्छ । महँगो जीवनशैली अपनाउने गरेका पछिल्लो समयका चल्तीका हिरोइनको कमाइ पनि कम्ती छैन । उनीहरूले फिल्म होस् या भिडियो या विज्ञापन, फेसन सो तथा कार्यक्रममा अतिथि जहाँ पनि आकर्षक पारिश्रमिक पाउने गरेका
















