नेपाली पनि घाइते
कतारको रस्लाफान ग्यास प्लान्टमा विष्फोट १३ जनाको मृत्यु ,नेपाली पनि घाइते
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । कतारको रस्लाफान ग्यास उद्योगमा विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने ,नेपालीहरु पनि घाइते भएको जानकारी प्राप्त भएको छ । गत आइतबार भएको विस्फोटमा परी १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् । उनीहरुको उपचार जारी छ । तर घाइतेहरुको नामावली सार्वजनिक भएको छैन । ग्यास प्लान्टमा भएको विष्फोटबाट भएको मृत्यु र घाइतेहरुको जानकारी सोमबार
















