नेपाल बार एशोसिएसन
नेपाल बार एशोसिएसनको अध्यक्षमा २४३१ मतान्तरले मिश्र बिजयी
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा २४३१ मतान्तरले कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्र लगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाएका हुन् । महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेकाछन् । अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् । कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा,
















