नेपाल र इजरायल
नेपाल र इजरायलबीच जिटुजी सम्झौता कार्यान्वयन गर्न छानबिन समिति गठन
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । सरकारले नेपाल र इजरायलबीच भएको द्विपक्षीय जिटुजी सम्झौता कार्यान्वयन गर्न जिटुजीमार्फत हुने छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन छानबिन समिति गठन गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । कामदारहरुबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको
















