न्यूनतम पारिश्रमिक अब १९ हजार ५५० रुपैयाँ
श्रमिकको न्यूनतम पारिश्रमिक अब १९ हजार ५५० रुपैयाँ
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रावण १ देखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक अब १९ हजार ५५० रुपैयाँ कायम गरेको छ । मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आव (१ साउन) देखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय बाट बढाएर १९ हजार ५ सय ५० निर्धारण गरिएको छ । यो पारिश्रमिक चिया बगानमा काम गर्ने श्रमिकका हकमा भने लागु हुने छैन । ती श्रमिकका हकमा छुट्टै बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले अहिले निर्णय नलिइएको अध्यक्ष
















