पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर बर्षा
पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर बर्षा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर बर्षा मापन गरिएको छ । त्यसैगरी दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ । दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति मधेश प्रदेशसहित अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना
















