पत्रकार महासङ्घ खोटाङ
पत्रकार महासङ्घ खोटाङद्धारा सम्मान सहित दुई पत्रकार पुरस्कृत
Lokmani Rijal
देश पोष्ट /खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङले आफ्नो १२ औँ साधारणसभामा ५ जना लाई सम्मान सहित दुई पत्रकार पुरस्कृत गरेको छ । शनिबार सम्पन्न साधारणसभामापत्रकार महासङ्घका पूर्वसचिव उत्तम चौलागाईँ तथा वर्तमान कार्यसमितिका सहसचिव राजन ठटाल रहनुभएको छ । कान्तिपुर टेलिभिजनका खोटाङ सम्वाददाताका रुपमा कार्यरत चौलागाईँ र एभी न्यूज टेलिभिजनका खोटाङ सम्वाददाता ठटाललाई यस वर्षको “विकास पत्रकारता पुरस्कार’ प्रदान गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ । पत्रकार चौलागाईँ र ठटालले जिल्लामै रहेर समाज, देश तथा विदेशमा रहेका नागरिकलाई सुसूचित गराउने कार्य गरेको भन्दै नगद रु पाँच/पाँच
















