परराष्ट्रमन्त्री डा राणा र (जाइका) का अध्यक्ष डा तानाका बिच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र (जाइका) का अध्यक्ष डा तानाका बिच भेटवार्ता
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको विदेश भ्रमणमा रहेकी नेपालकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको ‘जापानले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि मन्त्री राणाले धन्यवाद ज्ञापन गरेको मन्त्रीको सचिवालयले जनाएको छ । भेट वार्ताको क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगको कद्धर गर्दै नेपाल जापान मित्रताको उच्च सम्मान ब्यक्त गर्दै
















