पाइलट बाबा
सुर्यबिनायकमा पाइलट बाबा आश्रम बनाउने भारतीय सन्तको ८६ वर्षको उमेरमा निधन
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । भक्तपुरको सूर्यविनायक नगरपालिका घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाउनुभएका भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । पाइलट बाबा आश्रममा बेला बेलामा आएर बस्ने गर्नुभएका पाइलट बाबाको नेपालमा चिकित्सक लगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । उनै पाइलट बाबाको भारतको मुम्बइमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको भारतीय सञ्चार माध्यमले जनाएकाछन् । मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उहाँले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय
















