पानीमा पूर्ण रूपमा विलिन हुने प्लास्टिक आविस्कार
जापानी वैज्ञानिकद्धारा समुद्री पानीमा पूर्ण रूपमा विलिन हुने प्लास्टिक आविस्कार
Lokmani Rijal
देश पोष्ट /जापान । जापानी वैज्ञानिकहरूको एक अनुसान्धान टोलीले समुद्री पानीमा पूर्ण रूपमा विलिन हुने प्लास्टिक आविस्कार गरेको जनाएकाछन् । रिकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बनाएको यो नयाँ प्लास्टिक अन्य बायोडिग्रेडेबल (जैविक रूपमा नष्ट हुने) प्लास्टिकहरूभन्दा निकै छिटो नष्ट हुने र कुनै पनि हानिकारक अवशेष नछोड्ने दाबी गरिएको छ । साईतामा प्रिफेक्चरको वाकोस्थित प्रयोगशालामा गरिएको प्रदर्शनमा, पाँच सेन्टिमिटरको एउटा सानो प्लास्टिकको टुक्रा नुनिलो पानी (समुद्री पानीमा) राखेर करिब १ घण्टा जति हल्लाउँदा पूर्ण रूपमा विलिन भएको देखाइएको थियो । हालसम्म यसलाई बजारमा ल्याउनेबारे विस्तृत योजना
















