पूर्ण खोप सुनिश्चितता
जन्तेढुङ्गालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको जानकारी प्राप्त भएको छ । जन्मेदेखि १५ महिनासम्मका १५३ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४८७ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीको भनाई रहेको छ । खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एकजना बच्चाले
















