पूर्ण खोप
ऐसेलुखर्कलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थीत ऐसेलुखर्क गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । चालू आर्थिक वर्ष २०८०/२०८१ मा १६ महिनादेखि ५९ महिना उमेर समूहका ६९० जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि गत जेठ ३१ गते पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको घरधुरी सर्वेक्षण गर्दा ऐंसेलुखर्कमा दुई जना र राखाबाङ्देलमा शुन्य डोजको एक जना बालबालिका भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामकाजी नेपालको भनाई रहेको छ । गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईको अध्यक्षतामा सभाहलमा सम्पन्न पूर्ण खोप सुनिश्चितता
















