पूर्वको पशुपति हलेसी
पूर्वको पशुपति हलेसीको प्रवेशद्धार र रक गार्डेन जाने सडक ढलान शुरु
Lokmani Rijal
देश पोष्ट /खोटाङ । पूर्वको पशुपतिनाथ त्रिधार्मिकस्थल हलेसी महादेवको मन्दिर प्रवेशद्धार तथा रक गार्डेन (ढुङ्गे बगैँचा) जाने कच्ची सडक ढलानको काम शुरु भएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालयको भ्याटसहित रु आठ करोड ३९ लाख ५१ हजार ४७४ लगानीमा सम्पन्न गर्नेगरी चन्द्र ज्योति कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले सडक ढलान गर्ने कामको जिम्मा लिएको हो । वि.सं. २०८१ जेठ–२९ गते सम्झौता गरिएको दुवै सडक ढलानको काम आगामी वि.सं. २०८२ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण शुरु गरिएको छ । दुवै सडक शुक्रबार
















