पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा श्रद्धाञ्जली
कश्मिर घटनामा ज्यान गुमाउने प्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा श्रद्धाञ्जली व्यक्त
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । भारतको जम्बु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणमा ज्यान गुमाएका एक नेपालीसहित सबै मृतकप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन् । (शनिबार) जारी समवेदना सन्देशमा उनले शोकसन्तप्त परिवार र भारत सरकारप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु कश्मिरमा भएको आतंककारी आक्रमणमा धेरै हिन्दू तीर्थयात्रीको दुःखद निधन भएकोमा हामी अत्यन्त दुःखी छौं । एक नेपालीसहित सबै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारमा आत्मीय समवेदना’, पूर्वराजा शाहले सन्देशमा भनेका छन् । उनले ‘वसुधैव कुटुम्बकम’ को सनातन वैदिक मान्यता विपरीत यस्ता जघन्य
















