प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने
प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेमा शिक्षामन्त्रीको राजिनामा आएको सुमनाको भनाई !
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेमा शिक्षामन्त्रीको राजिनामा आएको बताएकीछिन् । सुमना श्रेष्ठको सचिवालयबाट सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको । तर, ’त्यो पर्दैन’, हैन त ?’ लेखिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको सोमबार पदबाट प्रधानमन्त्री समक्ष राजीनामा दिएकी थिइन् । यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको
















