प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फुटबल फर स्कुल्स’ उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फुटबल फर स्कुल्स’ उद्घाटन
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आयोजना गरेको ‘फिफा फुटबल फर स्कुल्स’ अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘फिफा’ को सहयोगमा एक हजार वटाभन्दा धेरै विद्यालयलाई निःशुल्क रूपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले देशको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गर्नुभयो । एन्फाले यो कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठूलो भूमिका खेल्ने जनाएको छ । फिफाले यस कार्यक्रम अन्तर्गत एन्फासँगको सहकार्यमा
















