-प्रबक्ता शर्मा
लोक सेवा आयोगको विज्ञापन रोक्न खोजिएको होइन,-प्रबक्ता शर्मा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गत सोमबारको सचिवस्तरिय बैठकले संघीय लोकसेवा आयोगको विज्ञापन रोकिएको भन्ने सूचनाले बजार तताएपछी लोक सेवा आयोगको विज्ञापन सधैंका लागि रोक्न खोजिएको नभएको लोक सेवा आयोगका सहसचिव एवम् प्रवक्ता पुरुषोत्तम शर्माले बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिविना लोक सेवा आयोगमा नयाँ स्थायी पदपूर्तिका लागि माग नगर्ने निर्णय गरेको बिज्ञप्ति सार्वजनिक भएको हो । मन्त्रालयहरूको सङ्गठन तथा व्यवस्थापन (ओएन्डएम) बाट निर्धारित सङ्ख्यालाई आधार मानेर पदपूर्तिसम्बन्धी कार्य अगाडि बढाउने भन्न खोजिएको हो । फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि पनि पद रिक्त रहेमा वा ओएन्डएम सर्वेक्षणबाट स्वीकृत
















