प्रलोभनमा पारेर भारत लगी मृगौला निकालेर बिक्री गर्ने ३ जना पक्राउ
प्रलोभनमा पारेर भारत लगी मृगौला निकालेर बिक्री गर्ने ३ जना पक्राउ
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । पैसाको प्रलोभनमा पारेर भारत लगी मृगौला निकालेर बिक्री गर्ने ३ जना लाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाली युवालाई भारत लगी मृगौला निकालेर बिक्री गर्ने तीन जनालाई नेपाल प्रहरी मानव बेचबिखन विरुद्धको ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका समिर नेपाली, राकेश नेपाली र काभ्रेका राज कुमार परियार रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभएको छ । जिल्ला अदालत काठमाण्डौबाट तीनैजनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले एक हप्ताको म्याद लिएको छ । पक्राउ पर्ने तीनै जनाले भारतको नयाँ दिल्लीको चण्डिगढ र
















